चितवन । सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। आज बिहान ६ः३५ बजे इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा चट्टानसहितको सुक्खा पहिरो खस्दा सडक दुबै तर्फबाट बन्द भएको हो ।
इलाका प्रहरी कार्यालय मुग्लिनको विपद् व्यवस्थापन टोली खटिएको र स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम सुरु भएको प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए ।
सडक बन्द भएपछि गन्तव्यतर्फ जाँदै गरेका सवारीसाधन बाटैमा रोकिएका छन्। यो सडकखण्डमा पटक–पटक पहिरो खस्दै अवरुद्ध हुने घटना दोहोरिँदै आएको छ
प्रतिक्रिया दिनुहोस्