झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम ४ अर्ब १८ करोड रूपैयाँ


काठमाडौँ। साताको कारोबारको तेस्रो दिन सेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ४.८३ अंकले बढेर २७६६.०९ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ ओटा उपसमुहमध्ये ४ ओटा उपसमुहको सेयरमूल्य घटेको छ भने ९ ओटा उपसमुहको सेयरमूल्य बढेको छ ।

मंगलबार नेपाल रि इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको ४८ करोड ९५ लाख ७८ हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको दिन विकास हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।

कुल ३२२ कम्पनीको ९२ लाख ४३ हजार २३२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १८ करोड ५३ लाख १५ हजार रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।