कान्तिपुर सिटी कलेजमा बि.टेक. इन एआई कार्यक्रम सुरु


काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयसँग आवद्ध कान्तिपुर सिटी कलेज (केसिसी) ले नेपालकै नयाँ शैक्षिक आवश्यकता र विश्वव्यापी प्रविधि विकासलाई ध्यानमा राखी ब्याचलर अफ टेक्नाेलाेजी आर्टिफिसियल इन्टेलिजेन्स (बि.टेक. इन एआई) कार्यक्रम सञ्चालनमा ल्याएको छ।

एआई विशिष्टिकरणमा केन्द्रित स्नातक तहको डिग्री रहेकाे जनाइएकाे छ । यसले विद्यार्थीलाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी गहिरो ज्ञान, अनुसन्धान, र व्यावहारिक दक्षता प्रदान गर्ने उल्लेख गरिएकाे छ।

कार्यक्रमको उद्देश्य:

– नेपालमा बढ्दो डिजिटल अर्थतन्त्रलाई सहयोग पुर्‍याउने दक्ष जनशक्ति उत्पादन गर्ने।

– विद्यार्थीलाई   विश्व स्तरमा प्रतिस्पर्धी बनाउन आवश्यक ज्ञान र सीप प्रदान गर्ने।

– कृषि, स्वास्थ्य, शिक्षा, वित्त, सञ्चार, यातायात जस्ता क्षेत्रमा AI-आधारित समाधान विकास गर्न सक्ने प्राविधिक विशेषज्ञ तयार गर्ने।

– उद्यमशीलता र अनुसन्धानलाई प्रोत्साहन गर्ने।

एआई शिक्षा किन नेपालमा महत्त्वपूर्ण?

– नेपालमा डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनको लागि एआई मुख्य आधार हो।

– स्वास्थ्यमा टेलिमेडिसिन, कृषि क्षेत्रमा स्मार्ट फर्मिङ, वित्त क्षेत्रमा फिन टेक र शिक्षा क्षेत्रमा इ-लर्निङ प्रणालीलाई एआई प्रविधिले सक्षम बनाउनेछ।

– युवाहरूलाई विदेश पलायनबाट रोक्दै स्वदेशमै उच्चस्तरीय अध्ययन गर्ने अवसर प्रदान गर्ने।

– नेपालको सामाजिक र आर्थिक समस्यालाई समाधान गर्न विद्यार्थीलाई नवीनतम प्रविधि प्रयोग गर्ने क्षमता दिने।