काठमाडौँ । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्कले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्म बन्द गरिएको जानकारी दिएको छ ।
वर्ल्डलिङ्कले शुक्रबार बिहान सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार कारबाही गरिएको जनाएको हो ।
कम्पनीका अनुसार सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम दर्ता नभएका प्लेटफर्म बन्द गरिएको हो ।
“नेपाल दूरसञ्चार प्राधिकरणबाट प्राप्त निर्देशनअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल सेवा अब प्रयोग गर्न सकिने छैन,”वर्ल्डलिङ्कले भनेको छ । यद्यपि, टिकटक, भाइबर लगायत दर्ता भएका अन्य सामाजिक सञ्जाल भने सञ्चालनमा रहने वर्ल्डलिङ्कले स्पष्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस्