काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा घाइते भएकामध्ये ट्रमा सेन्टरमा थप दुई जनाको मृत्यु भएको छ । यसअघि ट्रमा सेन्टरमै चार जनाको मृत्यु भइसकेको थियो भने सिभिल अस्पतालमा एक जनाको ज्यान गएको थियो ।
यस्तै, केएमसी अस्पताल सिनामंगल र त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक–एक जनाको मृत्यु भइसकेको छ । यससँगै जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
आन्दोलन चर्किएसँगै काठमाडौं उपत्यका र विभिन्न शहरमा तनावपूर्ण अवस्था कायम छ । प्रहरीको बल प्रयोग, विशेष गरी गोली प्रहारका कारण ठूलो संख्यामा प्रदर्शनकारी घाइते भएका छन् । घाइतेमध्ये २० भन्दा बढीको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन् ।
सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सुरु भएको आन्दोलन देशव्यापी बनेसँगै सरकार र सुरक्षाप्रशासन थप दबाबमा परेका छन् ।



प्रतिक्रिया दिनुहोस्