काठमाडौँ । बुद्द एयरले कर्फ्यु तथा असहज परिस्थितिका कारण कतिपय उडान रिसेड्युल वा रद्द हुन सक्ने सम्भावना भएको जानकारी दिएको छ।
कम्पनीले यस सम्बन्धमा प्रभावित यात्रुहरूलाई आवश्यक सहयोगका लागि सोधपुछ गर्न फोन वा इमेल मार्फत सम्पर्क गर्न आग्रह गरेको छ।
कम्पनीले जारी गरेको सूचनाअनुसार यात्रुहरूले थप जानकारीको लागि 015970900 मा फोन गर्न वा [email protected] मा इमेल पठाउन सक्नेछन्।
साथै, बुद्द एयरले परिस्थिती अनुकूल भएमा यात्रु महानुभावहरूलाई समयमै विमानस्थल पुगेर आफ्नो हवाई टिकट देखाई यात्रा गर्न पनि अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस्