सांसद पदबाट राजीनामा दिँदै सुमना श्रेष्ठ


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सांसद पदबाट राजीनामा दिने भएकी छिन् ।

उनले भनेकी छिन्, “सांसदको काम भनेको सरकारलाई जवाफदेहि बनाउने हो । तर सरकारले जवाफदेहिताको सिमाना पार गरिसक्यो । यो अवस्थामा नरसंहारकारी सरकारले दिने बिजनेश सम्हाल्ने काममा सिमित भएको संसदमा सदस्य भएर बस्न नैतिकताले दिएको छैन । यसैले सांसद पदबाट राजिनामा दिदैछु ।”

साथै, उनले जेनजीहरूले सर्वदलिय जस्ता भ्रममा नपरि आफ्नो नेतृत्व दाबी गर्न आग्रह गरेकी छिन् । उनले यहि दलहरूसँगै बसेर देशले निकास नपाउने बताएकी छिन् ।