बानेश्वरमा गोली लागेर एक जनाको मृत्यु, ५१ जना घाइते


काठमाडौं । जेनजी आन्दोलनको दोस्रो दिन पनि थप एकजना प्रर्दशकारीको मृत्यु भएको छ । मंगलबार बानेश्वरमा भएको प्रर्दशनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ।

निजामती कर्मचारी (सिभिल) अस्पताल पुर्‍याएएका घाइतेमध्ये उपचारका क्रममा १ जनाको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

अस्पताल प्रशासनले अनुसार आजको प्रर्दशनबाट हालसम्म ५१ जना घाइतेलाई अस्पताल ल्याइएको छ ।