प्रशासनले जिम्मा लिन नसकेपछि रवि लामिछाने नक्खु कारागारबाट रिहा


काठमाडौं । राष्टिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने रिहा भएका छन् । नख्खु कारागारमा रहेका सभापति रवि लामिछाने लाई प्रशासनले सुरक्षा दिन नसक्ने भएपछि रिहा भएका हुन् ।

‘हामी सुरक्षा गर्न सक्दैनौँ। तपाइँहरू लगेर सुरक्षा गर्नुहोला भनेर प्रशासनले भनेपछि उनको परिवारले जिम्मा लिएका हुन्’ रास्वपाका एक नेताले भने।

रविलाई लिन उनकी पत्नी निकिता पौडेल नख्खु कारागार पुगेकी छन्। रिहाभएसँगै लामिछाने जेनजीको प्रर्दशनमा सहभागी भएका छन् ।