विष्णु पाैडेलकाे सचिवालयले भन्याे,‘उहाँमाथि कुनै आक्रमण भएको छैन’


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलमाथि कुनै आक्रमण नभएको उनको सचिवालयले जनाएको छ ।

पौडेलको सचिवालयका अनुसार भदौ २४ गते आक्रमण गरिएको भन्दै फैलाइएका भिडियोहरू भ्रामक रहेको जनाएको छ ।

पौडेलका प्रेस सल्लाहकार भुवन के.सी.ले भनेका छन्,“२०८२ साल भदौ २४ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक हुन् । उहाँमाथि कुनै आक्रमण भएको छैन ।”

जेनजी आन्दोलनका क्रममा पौडेलमाथि आक्रमण भएको भन्दै विभिन्न खालका भिडियो भाइरल भइरहेका छन् ।