प्रतिनिधि सभा बैठक अनिश्चितकालका लागि स्थगित,सभा भवन ध्वस्त


काठमाडाैँ । सभा भवन ध्वस्त भएपछि प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ।

भदौ २५ गते बुधवार दिउँसो १ बजेका लागि तोकिएको बैठक विशेष कारणले सञ्चालन गर्न नसकिने भएपछि सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) अनुसार अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गर्ने निर्णय गरेका छन् ।

प्रतिनिधि सभा सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले यसबारे सूचना जारी गर्दै सबै सांसदलाई जानकारी गराएका हुन्।