काठमाडौँ । अन्तरिम सरकार गठनबारे आज पनि छलफल हुने भएको छ ।
आज ९ बजेपछि अन्तरिम सरकार गठनबारे थप छलफलको तयारी भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा नयाँ सरकार गठनबारे निरन्तर छलफल गरिरहेका छन् ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई जेनजी समूहले प्रधानमन्त्रीका रुपमा अगाडि सारेका छन् । प्रस्तावित प्रधानमन्त्री कार्की र संविधानविद्हरुको उपस्थितिमा हिजो लगातार छलफल भएको थियो ।
स्रोतहरूका अनुसार संसद विघटनका विषयमा अझै कुरा मिलेको छैन ।
जेनजी समूहले संसद विघटन गर्नुपर्नेमा जोड दिँदै आएको छ । यसबारे सहमति जुटाउन आज शुक्रबार बिहान ९ बजेदेखि पुनः छलफल सुरु हुन लागेको हो ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री वा मन्त्रिपरिषद अध्यक्ष नियुक्त गर्ने विषयमा भने सहमति जुटिसकेको बिभिन्नि स्रोतहरूले दाबी गरेका छन् ।
अहिलेको संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीमा नियुक्त हुन संसदको सदस्य हुनै पर्ने व्यवस्था छ तर जेनजी समूहले संसद विघटनलाई बटमलाइन बनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्