काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक रुपमै देखिने गरेर राजनीतिक निकासका लागि सक्रियता बढाएका छन् ।
राजनीतिक निकासमा नेपाली सेनाको प्रत्यक्ष भूमिका देखिन थालेपछि राष्ट्रपतिको अवस्था सार्वजनिक गर्न माग भइरहेको थियो ।
गत सोमबार र मङ्गलबार भएको जेनजी विद्रोहपछि राष्ट्रपति रामचन्द्र पौडेल हिजोसम्म सार्वजनिक अझै सार्वजनिक भएका छैनन् । यो बिचमा दुइपटक विज्ञप्ति जारी गरेका थिए ।
हिजो विज्ञप्ति जारी गरेपछि पनि पौडेलाई सेनाले सुरक्षा घेरामा राखेर विज्ञप्ति जारी गर्न लगाएको आशङ्का गर्दै अवस्था सार्वजनिक हुनुपर्ने माग उठेको थियो ।
राष्ट्रपति पौडेलले भदौ २४ गते राष्ट्रपति रामचन्द्र पौडेलले विज्ञप्ति जारी गर्दै देशको विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि आन्दोलनकारी नागरिकलगायत सबै पक्षलाई वार्तामा आउन आह्वान गरेका थिए ।
उनले भनेका थिए,“प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेको अवस्थामा मुलुक, जनता र लोकतन्त्रलाई माया गर्दै समस्या समाधानका लागि सबै पक्षले सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।”
राष्ट्रपतिको विज्ञप्ति आएकै दिन बेलुकी प्रधानसेनापति अशोकराज सिग्देलले भिडियो सम्बोधन गर्दै आन्दोलनरत् पक्षलाई वार्ता आउन आव्हान गरेर राजनीतिक सक्रियता बढाएका थिए । प्रधानसेनापतिको सक्रियतापछि आलोचना सुरु भएको थियो ।
राष्ट्रपतिको अवस्थाबारे केही नबोली आफै अन्तरिम सरकार गठनका लागि छलफल सुरु गरेको भन्दै राजनीतिक दलहरूले समेत राष्ट्रपतिको भूमिका खोजेका थिए ।
राष्ट्रपति पौडेललले हिजोदेखि नै विभिन्न राजनीतिक दलका नेता, आन्दोलन पक्ष र संविधानविद्हरूसँग छलफलमा रहेको पुष्टि भएपछि संशय मेटिएको छ ।
सैन्य मुख्यालयमा छलफल गरिरहेका प्रधानसेनापति सिग्देलसमेत छलफलका लागि आज देखिने गरि शीतल निवास पुगेपछि राष्ट्रपति पौडेलले नै राजनीतिक निकासका लागि सक्रियता बढाएको पुष्टि भएको छ ।
समस्या सामाधानका लागि शीतल निवासमै राजनीतिक छलफल सुरू भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्