प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै राष्ट्रपति पौडेलले भने: देश बचाउनुस्


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गराएसँगै उनलाई सफलताको शुभकामना दिएका छन्।

राष्ट्रपतिले कार्कीलाई शुभकामना दिँदै भनेका छन्, “ल सफल हुनुस्, देश बचाउनुस्।” उनले देशलाई संकटबाट बाहिर निकाल्ने र राष्ट्रिय एकता सुनिश्चित गर्ने उद्देश्यले कार्कीको नेतृत्वमा सरकार गठन भएको बताएका छन्।

प्रधानमन्त्री कार्कीले पनि शपथ ग्रहणपछि समस्त नागरिकको विश्वास र अपेक्षाअनुरूप काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।