काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीसहित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।
राष्ट्रपतिको निर्णयअनुसार, प्रधानमन्त्री कार्कीले छिटो भन्दा छिटो नयाँ जनादेशका लागि आवश्यक तयारी गरी प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नुपर्नेछ। नयाँ गठित सरकारले आगामी फागुन महिनाभित्र निर्वाचन सम्पन्न गर्ने लक्ष्य राखेको छ।
यस कदमले राजनीतिक स्थिरता कायम राख्दै देशलाई आगामी नयाँ जनादेशतर्फ अग्रसर गर्ने तयारीलाई गति दिने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्