काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले देशको परिवर्तनमा जेनजी पुस्ता र सहिदहरूको योगदान तथा बलिदानको महत्वलाई औंल्याएका छन्।
“योगदान र बलिदानबाट देशले परिवर्तन पाएको छ। वीर सहिदहरूको योगदान अमूल्य छ, जसले भावी पुस्तालाई देशप्रेम र कर्तव्यबोधको मार्गदर्शन गर्नेछ,”उनले फेसबुकमार्फत व्यक्त गर्दै लेखेका छन् ।
मेयर शाहले आगामी पुस्तालाई प्रेरणा दिने उद्देश्यका साथ देशभक्त युवा र सहिदहरू प्रति सम्मान व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यको कामना समेत गरेका छन्।
प्रतिक्रिया दिनुहोस्