काठमाडौँ । नेकपा एमालेका पोलिटव्युरो सदस्य सूर्य थापाले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नु असंवैधानिक र अग्राह्य काम भएको भन्दै आलोचना गरेका छन्।
थापाले संविधानको धारा १३२(१) र (२) उल्लङ्घन गर्दै यस्तो नियुक्ति गरिएको बताए।
“राष्ट्रपतिको अधिकारको दुरुपयोग गर्दै प्रधानमन्त्री नियुक्त गर्नु मजाकपूर्ण देखिन्छ। बिहान उठ्दा नागरिक, राति नसुत्दै कृपामा प्रधानमन्त्री–तर यो पद त सरकारी जिम्मेवारीसँग सम्बन्धित हो,”उनले फेसबुकमा लेखेका छन् ।
उनले सर्वोच्च अदालतले यो नियुक्तिलाई बदर गर्नु अनिवार्य रहेको बताए र संसद तथा जनताले नचिनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउनु संवैधानिक दृष्टिले अस्वीकार्य रहेको स्पष्ट पारेका छन्।
प्रतिक्रिया दिनुहोस्