प्रतिनिधि सभा विघटन,आगामी फागुन २१ गते चुनाव


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन् ।

प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति पाैडेलले चुनावको मिति घोषणा गरेका हुन् । प्रतिनिधि सभा विघटन गर्दै फागुन २१ गतेका लागि चुनावको मिति समेत तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीसहित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आज मात्रै प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

जेनजी आन्दाेलनकारीले संसद विघटन पहिलाे शर्त बनाएका थिए । पहिले संसद विघटन गर्ने की प्रधानमन्त्री नियुक्त गर्ने भन्ने विषयमा विवाद भएकाे थियाे ।

सहमति अनुसार पहिले प्रधानमन्त्रीकाे नियुक्ति र लगत्तै संसद विघटन गर्ने सहमति भएकाे थियाे । साेही अनुसार प्रधानमन्त्रीकाे सपथ ग्रहण लगत्तै कार्कीले संसद विघटनकाे सिफारिस गरेकी हुन् ।