प्रधानमन्त्री सुशीला कार्की जेनजी आन्दोलनका घाइते भेट्न अस्पताल पुगिन्


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा घाइते भएका युवाहरूलाई आज भेटिरहेकी छन् ।

उनले विभिन्न अस्पतालहरूमा पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थबारे जानकारी लिएकी हुन्। कार्कीले वीर अस्पतालको ट्रमा सेन्टर र बानेश्वरस्थित सिभिल अस्पतालमा पुगेर घाइतेहरूलाई भेटेकी हुन्।

उनले आन्दोलनकारीको आक्रमणमा क्षतिग्रस्त भएका केही प्रहरी चौकीहरूको पनि अनुगमन गर्ने कार्यक्रम रहेको बुझिएको छ । शुक्रवार प्रधानमन्त्री नियुक्त भएकी कार्कीले पदभार ग्रहण गर्न बाँकी छ ।