आजदेखि भौतिकरूपमै कार्यालय सञ्चालन गर्न बिमा प्राधिकरणको निर्देशन


काठमाडौँ । नेपाल बीमा प्राधिकरणले सबै बिमा कम्पनीलाई आजदेखि सबै शाखा कार्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले हिजो एक सूचना जारी गर्दै बिमा कम्पनीलाई आजदेखि भौतिक रूपमै कार्यालय सञ्चालन गर्न निर्देशन दिएको हो ।

प्राधिकरणले भनेको छ,“सम्पूर्ण बीमा कम्पनी र तिनका शाखा कार्यालय आइतबारबाट पूर्ण रुपमा सञ्चालन गर्न र कर्मचारीहरु भौतिक रुपमा नै कार्यालयमा उपस्थित भई कार्य गर्न गराउन अनुरोध गरिन्छ ।”

देशमा विगत केही दिनदेखि उत्पन्न विषम परिस्थिति हाल सामान्य बन्दै गइरहेको र सुरक्षा निकायहरुले कफ्र्यु र निषेधाज्ञालाई समेत खुकुलो पार्दै लगेको भन्दै प्राधिकरणले सबै कार्यालय तथा शाखा खोल्न बिमालाई निर्देशन दिएको हो ।