काठमाडौँ । चीनले नेपालकी अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएको छ ।
अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीलाई चीनले बधाई दिँदै चीन र नेपालबिचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन तयार रहेको जनाएको छ ।
चीनले सधैंजसो नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गको सम्मान गर्ने उल्लेख गरेको छ ।
चीनको विदेश मन्त्रालयले भनेको छ,“हामी नेपालसँग मिलेर पाँच शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तहरूलाई प्रवद्र्धन गर्न, विभिन्न क्षेत्रहरूमा आदानप्रदान र सहकार्य बढाउन, र द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन तयार छौँ ।”
प्रतिक्रिया दिनुहोस्