काठमाडौँ । हालैको विरोध प्रदर्शनका क्रममा यातायात व्यवस्था विभागको संरचनामा भएको तोडफोड, आगजनी र चोरीरलुटपाटका कारण विभागका विभिन्न सूचना प्रविधिसम्बन्धी प्रणाली ठप्प बनेका छन्।
विभागले आइतबार एक सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरणसहित सम्पूर्ण अनलाइन प्रणाली अर्को सूचना नआएसम्मका लागि बन्द रहने जनाएको छ।
भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा विभागमा रहेका इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन र सर्भरमा क्षति पुगेपछि यस्तो निर्णय गरिएको हो। यसले गर्दा सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्ता सेवा अवरुद्ध भएको विभागले स्पष्ट पारेको छ।
विभागले सेवाग्राहीलाई असुविधा भए पनि अपरिहार्य परिस्थितिका कारण सम्पूर्ण प्रणाली सञ्चालनमा ल्याउन समय लाग्ने जनाएको छ।




प्रतिक्रिया दिनुहोस्