प्रधानमन्त्री कार्कीको प्रश्नः सरकारी संस्थामा आगजानी गर्नेलाई नेपाली कसरी भन्ने ?


काठमाडाैँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको अत्यन्त आवश्यक संस्थाहरू छानीछानी आगजानी गरिएको बताएकी छन् ।

सिंहदरबारमा आइतवार प्रधानमन्त्रीको पदभार ग्रहणपश्चात आयोजित कार्यक्रममा उनले सुरक्षा निकाय, अदालत, प्रशासनिक भवनहरुमा आजगानी हुँदा महत्वपूर्ण कागजातहरू नष्ट भएको बताएकी हुन् ।उनले यो देखेर आफूलाई लाज लागेको पनि बता्इन् ।

नेपाली भएर कसैले यस्तो काम गर्छ ? भन्ने उनकाे प्रश्न छ । उनले सरकारी संस्थामा आगजानी गर्नेलाई नेपाली कसरी भन्ने ? प्रश्न गरिन्। उनले यसप्रकारको घटना पहिलो पटक भएको पनि बताइन् । उनले पूर्वतयारीअनुसार नै यस किसिमको घटना भएको आशंका गरिन्।

उनले भौतिक क्षतिलाई बनाउन सकिएपनि महत्वपूर्ण दस्तावेजहरू अब पाउन नसकिने उल्लेख गरिन्। उनले आगजानी गर्नेलाई अनुसन्धान गरेर कारबाहीको दायरमा ल्याउने पनि जानकारी दिइन् । 

उनले प्रहरीका बिटहरू, सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, सिंहदरबार लगायतमा लगाइएको आगोले सम्पूर्ण नष्ट भएर देश शुन्यमा पुगेको बताइन् । जेन जी नामका आन्दोलनमा भदौ २४ गते प्रर्दशनकारीहरूले विभिन्न सरकारी संस्था, राजनितिक दलका पार्टी कार्यलय, व्यवसायिक प्रतिष्ठान तथा व्यक्तिका घरहरुमा आगजानी गरेका थिए ।