काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले हालका लागि सम्पूर्ण सेवा स्थगित गर्ने निर्णय गरेको छ।
अदालतले भदौ २४ गते भएको आगजनीका कारण इजलास, फाँट र मुद्दासम्बन्धी सबै मिसिल जलेर नष्ट भएकाले अर्को सूचना जारी नभएसम्म सेवा प्रवाह बन्द हुने जनाएको छ।
“आगजनीबाट सम्पूर्ण कागजात र संरचना जलेर नष्ट भएको कारण अदालतमा हुने पेसीलगायत सम्पूर्ण सेवा अर्को सूचना नभएसम्म स्थगित गरिएको छ,”अदालत प्रशासन शाखाबाट जारी सूचनामा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्