जेन–जी आन्दोलनको क्रममा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन


काठमाडाैँ । भदौ २३ र २४ गते जेन–जीद्वारा गरिएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्झनामा नेपाल बार एसाेसिएसनले दीप प्रज्वलन गरेको छ ।

एसाेसिएसनले आइतवार कार्यालय परिसरमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली तथा शोकसभा गरेको हो । शोकसभामा वरिष्ठ उपाध्यक्ष हरिशंकर निरौलाले प्रदर्शनका क्रममा मृतक भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरे।

एक मिनेट मौनधारण पनि गरिएको थियो । श्रदाञ्जली  सभापश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले आन्दोलनका क्रममा ज्यान गुमाएका सपनाहरु पूरा गर्न सबै लाग्नुपर्नेमा जोड दिए।

उनले वर्तमान सरकारलाई आवश्यक परेको सुझाव लिइ देशलाई मध्यावधीमार्फत सही दिशामा अगाडि बढ्न जरुरी रहेको बताए । तोकिएको मितिमा भएको निर्वाचनबाट निर्वाचित भएर आउने प्रतिनिधिहरूलाई सत्ता हस्तान्तरण गर्न नसके मुलुकमा गृह युद्ध सुरू हुने उनको भनाइ छ । 

भ्रष्टाचार गरेकाजति सबैलाई मौजुदा कानूनको अधिनमा रही कारबाही गर्न समेत उनकाे माग छ ।