अरब सागर तथा बङ्गालको खाडिबाट जलवाष्पयुक्त हावाको प्रभाव, विभिन्न ठाउँमा वर्षा


काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ ।

अरब सागर तथा बङ्गालको खाडिबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका धेरै तथा तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेश र बागमती प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

आज राती देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।