पार्टीको नयाँ कार्यालय भवन अझै भव्य बनाइन्छः अध्यक्ष दाहाल


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको नयाँ कार्यालय भवन अझै भव्य बनाइने बताएका छन् ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडा अनुगमनका लागि पुगेका अध्यक्ष दाहालले यस्तो घोषणा गरेका हुन् ।

उनले पार्टी कार्यालयमा ठूलो क्षति पुगेको तर सिंगो पार्टी पंक्ति, देशभित्र र बाहिरका सबै पार्टी सदस्यहरूको सहयोगमा भव्य भवन बनाइने बताए । उनले पार्टीका माइन्युटहरु बँचेको र पुस्ताकालय बँच्नु राम्रो पक्ष भएको बताए ।

जेन जी आन्दोलनका क्रममा आन्दोलनकारीले माओवादी केन्द्रको पार्टी कार्यालयमा पनि आगजनी र तोडफोड गरेका थिए ।