काठमाडौँ । लगातारको अविरल वर्षाले स्याङ्जा जिल्लामा बाढी र पहिरोको उच्च जोखिम सिर्जना भएपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आम सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।
प्रशासनले सूचना जारी गर्दै भदाै २९ गतेदेखि अविरल वर्षा जारी रहेकाले नदी, खोलामा पानीको सतह बढ्दै सतर्कताको तह नाघेको र भिरालो भूभागमा भूस्खलनको जोखिम देखिएको जनाएको छ ।
विशेषगरी जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई रातको समयमा विशेष सावधानी अपनाउन तथा वैकल्पिक सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।
त्यस्तै, लगातारको वर्षाले जिल्लाभित्रका सडक मार्गमा क्षति पुग्ने र यातायात अवरुद्ध हुने सम्भावना रहेको भन्दै सवारी सञ्चालन र यात्रा गर्दा उच्च सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्