घट्यो सुनचाँदीको मूल्य


काठमाडौँ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख १६ हजार १०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बिहीबार ९०० रूपैयाँले घटेर २ लाख १५ हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला ३० रूपैयाँले घटेर २ हजार ५२० रूपैयाँमा कारोबार भइरहेको छ ।