काठमाडौं । एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपानेले पदबाट राजीनामा दिएका छन् ।
उनले स्वास्थ्य अवस्थाको कारण देखाउँदै असोज २ गते विहीबार पदबाट राजिनामा दिएका हुन् भने साेही दिन बसेको सञ्चालक समिति बैठकले उनको राजीनामा स्वीकृत गरिसकेको छ ।
बैंककै नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी कायममुकायम प्रमुख कार्यकारी अधिकृत बनेका छन् ।



प्रतिक्रिया दिनुहोस्