काठमाडाैँ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनी षड्यन्त्रपूर्ण रहेको टिप्पणी गरेका छन् ।
विहिबार च्यासलस्थित क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकनपश्चात सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । एमालेले विधान महाधिवेशनमार्फत जेन–जी पुस्ताका मागहरू सम्बोधन गर्नेगरी वक्तव्य सार्वजनिक गरेको भएपनि योजनावद्ध ढंगले राज्यका महत्वपूर्ण निकाय र राजनीतिक दलका कार्यालयहरूमाथि आगजनी गरिएको उनको भनाइ छ ।
उनले राज्य संरचना र पार्टी कार्यालयमा तोडफोड र आगजनी गर्नुमा बहुदलीय लोकतान्त्रिक प्रणालीलाई अस्वीकार गर्ने तत्वहरू तथा व्यवस्था विरोधीको हात रहेको दाबी गरे । उनले आन्दोलनको नाममा भएको विध्वंस र आगजनीको सबै मिलेर विरोध गर्नुपर्नेमा जोड दिए ।
अब पार्टीलाई नयाँ ढंगले उच्च मनोबलका साथ अगाडि बढाउनुपर्ने आवश्यकता रहेको समेत बताए ।
प्रतिक्रिया दिनुहोस्