काठमाडौँ । भ्रष्टाचार र कुशासनविरुद्ध जेनजी विद्रोह भएको १५ नपुग्दै दैलेखमा एक सरकारी कर्मचारी घुससहित पक्राउ परेका छन् ।
दैलेखको डुंगेश्वर गाउँपालिकाका लेखा अधिकृत टंकबहादुर कार्की एक लाख रूपैयाँ घुससहित पक्राउ परेका हुन् ।
लेखा अधिकृत सातौँ तहमा कार्यरत कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगाल काठमाडौँ र सुर्खेतबाट खटिएको संयुक्त टोलीले वीरेन्द्रनगरबाट हिजो साँझ पक्राउ गरेको हो ।
डुंगेश्वर गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुसवापत एक लाख रुपैयाँ माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारले स्टिङ अपरेसन गरेर नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
कार्कीले सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिइसकेपछि रकमसहित सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, मंगलगडी चोकबाट अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।


 
                            

                    
प्रतिक्रिया दिनुहोस्