जेन जी आन्दोलनबाट क्षति पुगेका भौतिक संरचनाहरूमा रङरोगन हुँदै


काठमाडाैँ । जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि सिंहदरबारस्थित मन्त्रालयका भवनहरूमा  रङरोगन सुरू गरिएको छ ।

भदौ २३ र २४ गते भएको जेन जी पुस्ताको आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन, संसद भवन, अदालतहरूमा आगजनी र तोडफोड गरिएको थियो । उक्त भवनहरूको अहिले  रङरोगन सुरू गरिएको छ । साथै छिटै पुनःनिर्माण गरिसक्ने सरकारको लक्ष्य छ । जेन जीको आन्दोलनबाट हालसम्म् ७४ जनाको ज्यान गएको छ ।

सरकारी सम्पती, निजी भवनहरु, व्यपारिक केन्द्रहरुमा तोडफोड र आगजनी गर्दा खर्बौंको क्षति भएको छ । जेन जी पुस्ताको आग्रहमा बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारसँगै फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन तोकिएको छ ।

समयमै निर्वाचन गराउन सबैले जोड दिनुपर्ने आवाज उठिरहेको बेलामा सुरक्षाकर्मीहरुको मनोबल बढाइ, भौतिक संरचनाहरु पनि ठिक पार्नुपर्ने दायित्व अहिलेको सरकारलाई छ ।

साथै संसद भवन जलेर ध्वस्त भएकाले नयाँ भवनबाट आगामी संसदको बैठक सञ्चालन गर्नुपर्ने हुन्छ । त्यसको तयारी पनि अन्तरिम सरकारले गर्नुपर्नेछ ।