मन्त्रीपरिषद् विस्तार ‘होल्ड’, शपथ कार्यक्रम एक घण्टा सारियो


काठमाडौं । नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण समारोह एक घण्टा सारिएको छ । शीतल निवासमा आज दिउँसो २ बजेलाई तय गरिएको शपथ कार्यक्रम ३ बजेलाई सारिएको हो ।

प्रधानमन्त्री सुशीला कार्कीले हिजो राष्ट्रपति समक्ष पाँच जना नयाँ मन्त्रीको नाम सिफारिस गरेकी थिइन् । स्वास्थ्यमन्त्रीमा संगीता मिश्रा, आविष्कार वैज्ञानिक महावीर पुन, टेलिभिजनकर्मी जगदीश खरेल, पूर्वन्यायाधीश अनिल सिन्हा र तत्कालीन राज्य पुनःसंरचना समितिका संयोजक मदन परियारको नाम सिफारिस गरिएको थियो ।

तर संगीता मिश्रामाथि अख्तियारमा छानबिन चलिरहेको विषय सार्वजनिक भएपछि विवाद उत्पन्न भएको छ ।

सो कारण मन्त्रिपरिषद् विस्तारलाई ‘होल्ड’ गर्न राष्ट्रपतिलाई सन्देश पुगेको स्रोतले जनाएको छ । नाम परिवर्तन हुने सम्भावना रहेकाले राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्ति प्रक्रियामा ढिलाइ गरेको बुझिएको छ ।