काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले नेता एवं निलम्बित सांसद टोपबहादुर रायमाझी कारागार फर्किएका छन्। उनी मंगलबार कारागार फर्किएको डिल्लीबजार कारागारले जनाएको छ ।
जेनजीको प्रदर्शनको क्रममा २४ भदौमा सुन्धारास्थित कारागारबाट निस्केका उनी दुई सातापछि कारागार फर्केका हुन् ।
रायमाझीसँगै सुन्धारा कारागारबाट मात्रै ३३ सय कैदीबन्दी भागेका थिए । देशभरका कारागारबाट १४ हजार बढी कैदीबन्दी भागेका थिए ।
प्रतिक्रिया दिनुहोस्