काठमाडाैँ । उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरे कर्मचारीहरूले कानून देखाएर पन्छिने परिपाटी अन्त्य गर्नुपर्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघद्वारा आयोजित अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो नामक कार्यक्रममा बोल्दै उनले जेनजीको आन्दोलनको जगमा बनेको सरकार रहेको भन्दै अवसर, सुशासन र पारदर्शिता प्रमुख मागलाई सम्बोधन गर्नुपर्ने अवस्थामा ब्युरोक्रेसी कानून देखाएर भाग्न नमिल्ने बताएका हुन् ।
उनले अन्तरिम सरकारका सीमाभित्र रहेर काम गर्नुपर्ने भन्दै सीमाभन्दा बढी प्रतिवद्धता गर्दा भोलि झन निराशा बढ्ने बताए । सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण स्पष्ट हुनुपर्ने भन्दै अन्तरिम सरकार आफ्नो जिम्मेवारीमा केन्द्रित हुनुपर्ने बताउँदै उनले लोकरिझ्याइँमा लाग्न नहुने बताए ।
युवाहरूमा पार्टटाइम जबको व्यवस्था गर्न नसक्दा पनि अहिलेको समस्या आएको भन्दै पढ्दै काम गर्ने परिपाटीको विकास गर्नुपर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्