काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगसँग छलफल गरेका छन् ।
आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक जनशक्ति, सामग्री, स्रोत र मतदाता नामावलीको विषयमा उनीहरूले आयोगका आयुक्त लगायत कर्मचारीहरूसँग छलफल गरेका हुन्।
निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निश्पक्ष वातावरणमा सम्पन्न गराउन दुवै पक्षले एकअर्कालाई सहयोग गर्ने समझदारी भएको निर्वाचन आयोगका सूचना अधिकारी नारायणप्रसाद भट्टराईले बताए ।
उनकाअनुसार विद्यमान निर्वाचनसम्बन्धी कानूनी व्यवस्थामा आवश्यकताअनुसार सुधार गर्ने सहमति समेत भएको बताए ।”शान्तिपूर्ण, भयरहित र निश्पक्ष वातावरणमा स्वच्छ निर्वाचन गराउनेगरी नेपाल सरकारले निर्वाचन आयोगलाई आवश्यक सहयोग गर्ने र निर्वाचन आयोगले सबै निर्वाचन पूर्वतयारीका सबै पक्षमा ध्यान दिएर प्रभावकारी रूपमा कार्य गर्ने भन्ने समझदारी भएको छ,” उनले भने ।
आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गराउन सरकारले सरोकारवालासँग छलफल सुरू गरेको छ ।
प्रतिक्रिया दिनुहोस्