कानून नागरिकले बुझ्नेगरी स्पष्ट भाषामा लेखिनेछः मन्त्री सिन्हा


काठमाडाैँ । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले पदभार ग्रहण गरेका छन् ।

मंगलवार दिउँसो सिंहदरबारस्थित कार्यकक्षमा पुगेर उनले पदभार ग्रहण गरेक हुन् ।

उनले पदभार ग्रहण गर्दै कानून निर्माण प्रक्रिया सहज बनाउँदै नागरिक बुझ्नेगरी स्पष्ट भाषामा लेख्ने निर्णय गरे । उनले जेनजी पुस्ताको मागअनुसार मुलुकमा भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नको लागि कानूनहरूमा आवश्यक संशोधन गरिने बताए ।

उनले समयमै निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने कानून निर्माण र सुधार गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी समालेका हुन् ।