गोल्छा ग्रुपद्वारा काठमाडौँ उपत्यका ट्राफिक प्रहरीलाई २० थान मोटरसाइकल हस्तान्तरण


काठमाडौँ । स्रोत साधनको अभावका कारण ट्राफिक व्यवस्थापनमा देखिएको चुनौतीलाई मध्यनजर गर्दै गोल्छा ग्रुपले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोटरसाइकल हस्तान्तरण गरेको छ।

आज आयोजित कार्यक्रममा गोल्छा ग्रुपका अध्यक्ष श्री शेखर गोल्छा तथा संस्थाका अन्य पदाधिकारीहरूले २० थान पल्सर १५० सिसी मोटरसाइकल काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीलाई प्रदान गरेका हुन्।

मोटरसाइकल हस्तान्तरण कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी, सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।