आगामी २४ घण्टामा पहाडी भू-भागमा मध्यम वर्षाको सम्भावना


काठमाडाैँ । आगामी २४ घण्टाको मौसम पूर्वानुमानअनुसार आज देशभर सामान्य बदली रहने देखिएको छ।

विभागका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने अन्य भू-भागका एक–दुई स्थानमा हल्का वर्षा पर्न सक्ने अनुमान गरिएको छ। बाँकी भू-भागमा आंशिक बदली मात्र रहने पूर्वानुमान छ।

आज राति कोशी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा हुने बताइएको छ। तर, कोशी प्रदेशका साथै पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षा पर्न सक्ने सम्भावना यथावत रहेको विभागले जनाएको छ।

हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रहेको र स्थानीय वायूको आंशिक प्रभाव मात्र रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।