काठमाडाैँ । जनकपुरधामको शक्तिपीठहरूमा फूलपाती भित्र्याइएको छ ।
षष्ठी तिथिका दिन आमन्त्रित गरिएको बेलको फूल सप्तमी तिथिका दिन अर्थात आज टिपेर जनकपुरधामको राजदेवी मन्दिरमा फूलपाती भित्र्याइएको हो ।
नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले सलामीसहित निकालेको भगवतीको डोला जनकपुरधामस्थित जिल्ला समन्वय समितिको प्राङ्गणमा रहेको बेलको रुखबाट बेलको फल टिपी फुलपाती भित्र्याइएको हो ।
जसलाई मिथिलाञ्चलमा बेल तोडी विधि भनिन्छ । जनकपुरधामको राजदेवी मन्दिरबाट बाजागाजासहित राजदेवी मन्दिरका महन्थ राम गिरीको नेतृत्वमा निस्केको भक्तजनहरूको समूहले बेलको रुखमुनि गएर हिन्दु परम्पराअनुसार पूजा अर्चना गरेर आमन्त्रित बेलको फल टिपेका थिए । निम्ता दिएको बेलको फललाई सप्तमी तीथिका दिन बिहान तोडेर ल्याई बली दिने परम्परा रहेको छ ।




प्रतिक्रिया दिनुहोस्