काठमाडौँ । आज साँझ ७:३० बजे वर्षाका कारण मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै माथिबाट लेदो खस्दा सडक अवरुद्ध भएको थियो।
सडक अवरुद्ध भएपछि यात्रुहरू केही समय समस्या बेहोर्नु परेको थियो।
सडक डिभिजन भरतपुरका अनुसार तत्काल मेसिन परिचालन गरी पहिरो पन्छाउने कार्य सम्पन्न गरिएसँगै अवरुद्ध सडक पुनः सञ्चालनमा आएको छ।
सडक सञ्चालनमा आएपछि दुबै तर्फको यातायात सहज बनेको डिभिजनले जनाएको छ।
यात्राको क्रममा सम्भावित जोखिमलाई ध्यानमा राखी चालक तथा यात्रुहरूले लेन अनुशासन पालना गर्न सडक डिभिजनले आग्रह गरेको छ।



प्रतिक्रिया दिनुहोस्