रातमा यात्रा नगर्न चेतावनी, विपतमा परे यी नम्बरमा सम्पर्क गर्नुहाेस्


काठमाडाैँ । आगामी असाेज २० (साेमबार) सम्म पाँच प्रदेशका विभिन्न स्थानमा वर्षाले प्रभाविन हुने सम्भावना रहेकाले लामाे दूरीकाे यात्रा नगर्न र गर्नै परेमा पनि रातमा यात्रा नगर्न तेतावनी दिइएकाे छ । 

 जिल्ला प्रशासन कार्यालय काठमाडाैँले सूचना जारी गर्दै यात्रामा सावधानी अपनाउन अनुराेध गरेकाे हाे । प्रशासनले उपत्यकामा तत्काल उद्धारका लागि नम्बर समेत सार्वजनिक गरेकाे छ ।

काठमाडाैँ प्रशासनले जारी गरेकाे सूचनामा उल्लेखित नम्बरहर 

*जिल्ला प्रहरी परिसर, काठमाडौं: १६६०-०१-४१५१६, ९८५१२८३०२६, ०१-५७२१०१७

*सशस्त्र प्रहरी बल नेपाल (नं. २० — विपद् उद्धार), सिनामंगल: ९८५१२७२०३५, ०१-४४७१३३७

*जिल्ला आपतकालीन कार्य संचालन केन्द्र: ९८५१३६२९३७

यसैगरी चितवन, धादिङ र तनहुँका प्रमुख जिल्ला अधिकारीहरूले संयुक्त सूचना जारी गर्दै २० गतेसम्म रातमा यात्रा नगर्न सचेत बनाएका छन्। 

तीन जिल्लाका प्रहरी कार्यालय तथा ट्राफिक प्रहरीकाे फाेन नम्मर सार्वजनिक गर्दै अत्यावस्यक सम्पर्क गर्न अनुराेध गरिएकाे छ । 

👉 धादिङ, चितवन, तनहुँ जिल्लाका लागि छुट्टै सम्पर्क नम्बरहरु;

१. श्री रविन्द्र खनाल – प्र.ना.उ. एवम् सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय, चितवन – ९८५५०१३९९९

२. श्री प्रकाश दाहाल – प्र.ना.उ. एवम् सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय, धादिङ – ९८५१२२९८६०

३. श्री शरण कुमार वि.क. – प्र.ना.उ. एवम् सूचना अधिकारी, जिल्ला प्रहरी कार्यालय, तनहुँ – ९८५६०६२२५५

४. श्री गायत्रीराज शर्मा – प्रहरी निरीक्षक, जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवन – ९८५५०१७०९९

५. श्री सुरज श्रेष्ठ – प्रहरी निरीक्षक, जिल्ला ट्राफिक प्रहरी कार्यालय, धादिङ – ९८५१३२२५६४

६. श्री कृष्ण बहादुर चन्द – प्रहरी निरीक्षक, जिल्ला ट्राफिक प्रहरी कार्यालय, तनहुँ – ९८५६०९०७९९

राष्ट्रिय विपत जाेखिम न्युनिकरण प्राधिकरण तथा जल तथा माैसम विज्ञान विभागले माैसम सम्बन्धी नियमित अद्यावधिक विवरण सार्वजनिक गरिरहेका छन् भने आधिकारिक सूचना लिएर मात्र यात्रा गर्न अनुराेध गरेका छन् । 

प्राधिकरणकाे फेसबुकः https://www.facebook.com/ndrrma

विभागकाे वेभसाइटः https://dhm.gov.np/mfd/#/

बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणाली भारतको ओडिसाबाट मध्य भारततर्फ सर्दै नेपालमा मनसुनी गतिविधि सक्रिय हुने भएको हाे । जल तथा मौसम विज्ञान विभागका अनुसार यस प्रणालीको प्रभावले आगामी असोज २० गतेसम्म विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुन सक्रिय हुने सम्भावना छ।

विभागले जारी गरेको विश्लेषण अनुसार नारायणी, बागमती, कमला र कोशी नदी तथा यीका सहायक नदीहरूको बहाव उल्लेख्य बढ्ने र खतरा तह आसपास पुग्न सक्ने अनुमान गरिएको छ। साथै महाभारत र चुरे भेगबाट बहने स–साना नदीनालामा आकस्मिक बहाव हुने सम्भावना रहेको छ।

विशेषगरी बागमती प्रदेशको काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशको संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ र मधेश प्रदेशको वारा, पर्सा, सर्लाही, रौतहटका नदीहरूमा आकस्मिक बहाव उच्च हुने खतरा रहेको विभागले जनाएको छ।

हाल नेपालमा मनसुन पूर्ण रूपमा बाहिर निस्किएको छैन र विभागले मौसम तथा बढ्दो वर्षाको सम्भावित जोखिमलाई नियमित अनुगमन गरिरहेको छ। यसैबीच, विभागले आफ्नो वेबसाइट, सामाजिक सञ्जाल, टोल–फ्री सेवा ११५५ र SMS मार्फत अद्यावधिक पूर्वसूचना उपलब्ध गराइरहेको छ।

विभागले आमसर्वसाधारण र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसँग सम्बन्धित सबै निकायलाई सम्भावित बाढी, डुबान, पहिरो, भू-क्षय तथा यातायात अवरुद्ध हुन सक्ने जोखिमको बारेमा सचेत रहन र आवश्यक पूर्वतयारी अपनाउन हार्दिक अपिल गरेको छ।

शुक्रवार बेलुकादेखि पाँच प्रदेशका विभिन्न स्थानमा विस्तारै पानी पर्न थालेकाे जनाइएकाे छ । 

प्रधानमन्त्री स्वकीय सचिवालयले पनि शुक्रवार मातहतका निकायलाइ उच्च सतर्कता अपनाउन निर्देशन दिएकाे छ ।