सुनको मूल्य तोलामै २५ सयले बढ्याे, काराेबार मूल्य हालसम्मकै उच्च


काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामै २५ सयले बढेपछि मूल्य हालसम्मकै उच्च कायम भएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ३० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार २५ सयले बढेर तोलाकाे २ लाख ३३ हजार १०० रुपैयाँ पुगेको हो । 

यस्तै चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा २ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि उकालाे लाग्दा तोलाकाे २ हजार ९६० रुपैयाँ पुगेको हो ।