शेयर कारोबार सोमवार पनि बन्द


काठमाडाैं । सरकारले बाढी पहिरोको कारण शनिवार विज्ञप्ति जारी गरी आईतवार र सोमवार सार्वजानिक बिदा दिने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार आईतवार सार्वजानिक बिदा भएपनि सरकारले आईतवार अर्को सूचना जारी गरी विपद् जोखिम कम भएका जिल्लाहरुमा सोमवारबाट सार्वजानिक सेवा सञ्चालन गर्न निर्देशन दिएकाे थियाे ।

उक्त निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सोमवारको बिदा कटौती गरेर सबै प्रकारका कार्यालय खोल्न निर्देशन दिएपनि नेप्सेले भने सोमवार शेयर कारोबार खुलाएन ।

उपत्यकाका सबै सार्वजानिक कार्यलयहरु सोमवारदेखि खुलेका छन् । तर नेप्सेले सोमवार पनि शेयर कारोबार बन्द गरेको हो ।

शेयर कारोबार मंगलवार (असोज २१ गते) देखि मात्रै खुला हुने जनाइएको छ । – न्युज एजेन्सी नेपाल