काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपद्ग्रस्त क्षेत्रमा वितरण गर्ने खाद्यान्न, पानी तथा लत्ता कपडाहरुको गुणस्तरीयता कायम राख्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
प्राधिकरणले बिहीवार गरेको राहत व्यवस्थापन सम्बन्धमा विपद् व्यवस्थापनको विभिन्न क्षेत्रमा काम गरिरहेका निकायसँगको छलफलमा मन्त्रालयका सहसचिव एवं प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले संकटको समयमा वितरण गरिने पिउने पानी र खाद्यान्न स्तरहिन भए विपद्ग्रस्त क्षेत्रमा महामारी र प्रकोप फैलनसक्ने जोखिम रहेको भन्दै त्यसतर्फ सबैको ध्यानाकर्षण गराएका हुन् ।
उनले वितरण गरिने खाद्यान्न र लत्ताकपडाको गुणस्तरियता कायम राख्न सबैलाई आग्रह गरे । मिनिरल वाटर वितरण गरेपनि विपद्ग्रस्त क्षेत्रमा पीउने पानी उमालेर प्रयोग गर्नुपर्न सन्देश पु¥याउन आवश्यक रहेको उनकाे भनाइ छ ।
“यहाँहरुले मानवीय संवेदनामा सचेत भएर काम गरिदिनुभएन भने अबको एक÷दुई हप्तामा फेरि महामारी फैलिन्छ,” उनले भने “अहिलेको अवस्थामा जुनसुकै स्रोत वा मुहानको पानी भएपनि उमालेर मात्र पिउनुपर्छ भन्ने कमन म्यासेज जानुपर्छ ।”
डुबानग्रस्त क्षेत्रका पानीका मुहानहरु डुबानमा परी दुषित भएको अवस्था रहेकाले पिउने पानीको स्वच्छता सुनिश्चित गर्न नसके एक साताभित्र हैजा लगाएतका महामारी र प्रकोप देखापर्न सक्ने भन्दै मन्त्रालयले त्यसतर्फ गम्भीर हुन आग्रह गरेको हो
प्रतिक्रिया दिनुहोस्