शुक्रबार कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा ४ हजार २०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ३९ हजार २०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार ४ हजार २०० रूपैयाँले घटेर २ लाख ३५ हजार रूपैयाँ कायम भएको हो ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ६० रूपैयाँले बढेर ३ हजार ८५ रूपैयाँ कायम भएको छ ।