काठमाडाैँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ गते तोकिएको मितिमा निर्वाचन गराउन आफूहरु क्रियाशील रहेको बताएका छन् ।
शुक्रवार निर्वाचन आयोगको कार्यालयमा पुगेका जेनजी अभियन्ताहरुसँगको भेटमा उनले निर्वाचन तोकिएकै मितिमा सम्पन्न गराउन आयोग चौविसै घण्टा क्रियाशील रहेको बताएका हुन् ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन सम्पन्न गराउनका लागि आयोगले राजनीतिक दलहरु, नागरिक अगुवा, बुद्धिजीवि, पत्रकार लगायतका सरोकारवाला पक्षसँग विभिन्न माध्यामबाट छलफल गरिरहेको दाबी गरे ।
उनले शुरुमा निर्वाचन व्यवस्थापनको काम आयोगले गरेको उल्लेख गर्दै हाल मतदाता नामावली संकलनको कामलाई आयोगले तिब्रताका साथ अघि बढाएको पनि जानकारी दिए । निर्वाचन सम्पन्न गराउनका लागि आफूहरुले मतदाता शिक्षा कार्यक्रमलाई पनि सचेतनापूर्वक अघि बढाएको प्रमुख निर्वाचन आयुक्त भण्डारीको भनाइ थियो ।
कार्यबहाक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सरकारले अध्यादेशमार्फत बाधा अड्काउ फुकाउने काम गरेपछि निर्वाचनको तयारीको कामले तिब्रता पाएको पनि स्पष्ट पारेका छन् । उनले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन पनि आयोग सचेत रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्