राष्ट्र बैंकले डेबिट कार्डबाट हुने कारोबार रकम घटायो


काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको डेबिट कार्डबाट हुने कारोबारको रकम घटाएको छ ।

राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरुलाई जारी गरिएको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ मा संशोधन गर्दै डेबिट कार्डबाट हुने कारोबार रकम घटाएको हो । अर्थात अब एटिएमबाट पैसा झिक्ने सीमा राष्ट्र बैंकले घटाएकाे हाे ।

अब बैंंक तथा वित्तीय संस्थाहरूको डेबिट कार्डबाट प्रतिकारोबार २० हजार रूपैयाँ , प्रतिदिन ५० हजार रूपैयाँ र प्रतिमहिना ३ लाख रूपैयाँमात्र कारोबार गर्न पाइने भएको हो ।

यसअघि प्रतिकारोबार २५ हजार रूपैयाँ, प्रतिदिन १ लाख रूपैयाँ र प्रतिमहिना ३ लाख रूपैयाँसम्म कारोबार गर्न सकिने थियो ।