सुनको मूल्य तोलामा २ लाख ४० हजार नाघ्यो


काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य तोलामा २ हजार ४०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ३८ हजार रूपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार २ लाख ४० हजार ४०० रूपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य प्रतितोला ९५ रूपैयाँले बढेर ३ हजार २२० रूपैयाँमा कारोबार भइरहेको छ ।